काठमाडौँ ।
यस साता सेयर बजार परिसूचक २५ सय छ दशमलव ६८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५१ दशमलव ४६ अंकमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय १२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार तीन लाख ६० हजार एक सय २५ पटकको कारोबारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय सातवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार चार लाख १८ हजार छ सय ५५ पटकको कारोबारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकोमा दोस्रो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको बाँकी दिनहरूमा बजार परिसूचक ओरालो लागेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक ७९ दशमलव ७४ अंकले ओरालो लागेर २४ सय ७४ दशमलव ३९ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ५३ अंकले ओरालो लागेर चार सय ४७ दशमलव २९ बिन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक ४० दशमलव ६४ अंकले उकालो लागेर दुई हजार पाँच सय १५ दशमलव तीन बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४७ अंकले उकालो लागेर चार सय ५३ दशमलव ७५ बिन्दुमा चढेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक पुन ५९ दशमलव सात अंकले ओरालो लागेर दुई हजार चार सय ५५ दशमलव ३३ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव आठ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ९५ बिन्दुमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक ३९ दशमलव २३ अंकले ओरालो लागेर दुई हजार चार सय १६ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १२ अंकले ओरालो लागेर चार सय ३६ दशमलव ८० बिन्दुमा झरेको थियो ।
अन्तिम कारोबार दिन भने बजार परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २५ सय छ दशमलव ६८ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेर चार सय ५१ दशमलव ४६ बिन्दुमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा पनि यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेसनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् ।