काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ पहिलो संशोधनसहित कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । आइतबार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी एवं ७६ वटा लघुवित्त वित्तीय संस्था समेतका नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकद्वारा उपलब्ध गराइने पुनर्कर्जा सुविधासँग सम्बन्धित नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा पहिलो संशोधन गरी संलग्नबमोजिमको नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ पहिलो संशोधनसहित जारी गरिएको भन्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
उक्त निर्देशनअनुसार कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्नको लागि थप स्रोत आवश्यक पर्ने भएकाले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुुने कुुल स्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्नसक्ने गरी सीमा तोकिएको छ । कोभिड १९ को असर न्यून भएसँगै यो सीमालाई क्रमश घटाउँदै कोषमा उपलब्ध स्रोतका आधारमा पुनर्कर्जाको सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको जोखिम व्यहोेर्ने कोषको स्रोतका रुपमा बैंकमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषका रकम, दातृनिकायबाट प्राप्त भई नेपाल सरकारकाबाट स्वीकृति प्रदान भएका रकम, नेपाल सरकारले प्रदान गरेको रकम आदि रहनेछन् ।
परिपत्रअनुसार पुनर्कर्जालाई तीन भागमा वर्गीकरण गरिएको छ । यसअन्तर्गत उद्यमी स्वयं संलग्न भर्ई १५ लाख रुपैयाँसम्म कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघुु घरेलुु तथा साना उद्यम पुनर्कर्जा भनिनेछ । कुुनै क्षेत्रविशेषलाई विशेष प्राथमिकता दिने गरी प्रवाह गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा भनिने र यसमा १० मेगावाटसम्मको साना जलविद्युुत् आयोजना पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
साधारण पुनर्कर्जाअन्तर्गत भने माथि उल्लिखित शीर्षकमा नपरेका सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जामा समेटिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । परिपत्रअनुसार लघु घरेलु तथा साना उद्यम पुनर्कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याजदर दुुई प्रतिशत र अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ । यसैगरी विशेष पुनर्कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याजदर एक प्रतिशत र अनुुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुबाट लिने ब्याजदर तीन प्रतिशत तोकिएको छ ।
साधारण पुनर्कर्जाअन्तर्गत भने राष्ट्र बैंकले लिने ब्याजदर तीन प्रतिशत र अनुुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुबाट लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ । राष्ट्र बैंकका अनुसार एकमुुष्ठरुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुुनेछ र यस्तो कर्जा नवीकरण हुुनेछैन । यसैगरी ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड १९ बाट अतिप्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष, मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिनाको अवधि हुुनेछ ।
राष्ट्र बैंकका अनुसार अनुुमतिप्राप्त संस्थाहरुलाई एकमुष्ट प्रदान हुुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुुनेछ । यसरी एकमुुष्ठ प्रदान गरिने पुनर्कर्जाको रकम कुुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुुनेछैन । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुुनेछ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुुनेछैन ।
राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जाको रकम भने कुल पुुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुुनेछैन ।
राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुुनुुपर्ने आदि प्रावधानहरु तोकिएका छन् ।