काठमाडौं, पुस २४
प्रदेश नं. २ र ३ लाई समेट्ने गरी अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पुस १७, १८ र १९ गते टीसी एनमार्ग, हेटौंडामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
त्यस्तै गरी कम्पनीका नायब प्रबन्धक यादवप्रसाद पाठकले आधारभूत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेका थिए । आधाभूत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिका प्रदेश नं. ३ का प्रमुख बद्रीनाथ शर्माले गरेका थिए । साथै सहजीकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।