काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैंकिङसञ्चालनमा ल्याएको छ । बैंकले यही फागुन २२ गतेबाट आफ्ना ग्राहक वर्गहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बंैकिङ सेवा सुरु गरेको जानकारी दिएको छ ।
शाखारहित बैंकिङ सेवाको शुभारम्भ प्रमुख अथितिकारूपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिकोरूपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्तरूपमा एक समारोहबीच गरेका हुुन् । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रूपमा रहेको देवारवानामा शाखारहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवाप्राप्त गरी आर्थिक समृद्धिमा मदत पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह,लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर एक सय ५० जनाभन्दा बढी सहभागिता रहेको थियो ।
शाखारहित बैकिङ सेवामा निक्षेप संकलन, रकम भुक्तानीलगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथासहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना एक सय २० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्र्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड दुई लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब तीन करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८३ अर्ब ७९ करोड ४० लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २२ करोड तीन लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा तीन दशमलव ९७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भनचे २५ करोड चार लाख २५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ६५ अर्ब ३१ करोड ४८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १५ करोड २२ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५२ करोड ७८ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७६ प्रतिशत रहेको थियो ।