काठमाडौं ।
नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकका अनुसार कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव स्वीकृत गरिएको हो । स्वीकृत प्रस्ताव उक्त संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
यसैगरी महुली लघुवित्त वित्तीय संस्थाको पनि २१ दशमलव पाँच प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । संस्थाको गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट मर्जरपश्चात् कायम भएको कुल चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुनआउने तीन करोड ७३ लाख २४ हजार रुपैयाँबराबरको बोनस सेयर र एक दशमलव शून्य पाँच प्रतिशतले हुनआउने १५ लाख ५० हजार पाँच सय १० रुपैयाँसहित कुल तीन करोड ९२ लाख ८३ हजार पाँच सय १० रुपैयाँबराबरको लाभांश वितरण गर्न अनुमति दिइएको हो, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकबाट स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।