नयाँ दिल्ली । विलासी कार निर्माता स्विडिस कम्पनी भोल्भोले भारतमा हरेक वर्ष एउटा नयाँ विद्युतीय कार भित्र्याउने भएको छ । यसको सुरुवात अक्टोबरमा पूर्ण विद्युतीय एसयूभी एक्ससी ४० रिचार्जबाट हुनेछ । भोल्भोले सन् २०३० सम्म पूरै विद्युतीय कार कम्पनी बन्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०४० सम्म कम्पनीलाई कार्बनमुक्त बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार भारतमा आफ्ना सबै डिलरशिपलाई हरित डिलरशिपमा परिवर्तन गर्न काम भइरहेको छ ।