काठमाडौं ।
सेयर बजार परिसुचक पुुन ओरालो लागेको छ । अघिल्लो दिन २३ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन बुधबार पुन: तीन दसमलव चार अंकले ओरालो लागेर २४ सय ५८ दसमलव ४८ अंकमा सिमित हुन पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव शुन्य दुई अंकले उकालो लागेर चार सय ४५ दसमलव २३ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय पाँच वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४६ हजार नौ सय ४८ पटक कारोवार हुंदा ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुंदा यसदिन कुल कारोवार रकम चार अर्ब १० करोड चार लाख छ हजार तीन सय ३७ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेकाछन भने बाँकी उपसमुहको सुचक उकालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि ओरालो लागेकाछन भने ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु भने उकालो लागेकाछन ।