काठमाडौं ।
नागरिक लगानी कोषले निःसहाय सेवा सदन जेष्ठ नागरिक आवासगृहलाई आर्थिक सहयोग गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आवासगृहलाई दुई लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा कोषका नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्धवृद्धाहरूलाई बुढेसकालमा आफूलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । योभन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा सहयोग पु-याउँदै आएको थियो ।
कार्यक्रममा कोषका तर्फबाट कामु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृतबहादुर अधिकारीलगायतका पदाधिकारी सहभागी थिए । कोषले ३१औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१औं वार्षिकोत्सव आगमी ४ चैतमा रहेको छ । आवासगृहमा आश्रित वृद्धवृद्धाहरूको जीवनयापनमा सहयोग पु-याउने उद्देश्यले खाद्यान्न, लत्ताकपडालगायत दैनिक आवश्यक सामान खरिदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।