काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । संस्थाका अनुसार आगामी चैत २० गते हुन लागेको १९औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही चैत १० गतेदेखि २० गते सम्म सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत १५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने, प्रबन्धपत्रमा संसोधन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।