काठमाडौ ।
सेयर बजार परिसुचक २४ सय बिन्दुबाट पनि ओर्लिएको छ । अघिल्लो दिन ५१ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन १८ दसमलव सात अंकले ओरालो लागेर २३ सय ८९ दसमलव १९ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव सात अंकले ओरालो लागेर चार सय ३० दसमलव पाँच अंकमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ५२ हजार तीन सय नौ पटकको कारोवारमा ९६ लाख चार हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा यसदिन चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये पाँच वटा उपसमुहको सुचक उकालो लागेकाछन भने आट वटा उपसमुहको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकहरु ओरालो लागेकाछन भने ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु उकालो लागेकाछन ।