काठमाडौं ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई पे र फुडमाण्डुबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फुडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आईएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् । फुडमाण्डु र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापश्चात् अबदेखि आईएमई पेको भुक्तानी सेवा फुडमाण्डुको एप र वेब दुवैमा सुरु गरिएको हो ।
आईएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फुडमाण्डुमा ‘आईएमई प’ेको भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।
फुडमाण्डुका ब्राण्ड, मार्केटिङ तथा बिक्री प्रमुख श्यामरत्न मालीले फुडमाण्डुबाट खरिद गर्दा ‘आइएमई प’ेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने बताए । सेवाग्राहीहरुले फुडमाण्डुसँग आबद्ध छ सयभन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सकिनेछ । फुडमाण्डुको सेवा उपत्यकालगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।