ब्रसेल्स ।
आगामी नौ वर्षभित्र फक्सवागनले युरोपमा छवटा ब्याट्री सेल उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ । विश्वकै दोस्रो ठूलो कार कम्पनीले सन् २०३० सम्ममा विद्युतीय सवारीसाधन आपूर्ति गर्ने महत्वाकांक्षासहित ब्याट्री प्लान्ट स्थापना गर्नलागेको हो । ती सबै प्लान्टहरु साझेदारीमा निर्माण हुनेछन् । यसले वर्षमा २४० गिगावाट घण्टा क्षमताको उत्पादन गर्ने फक्सवागनले जनाएको छ ।
‘हाम्रा लागि इ–मोबिलिटी मुख्य व्यवसाय भएको छ । भ्यालु चेनको अर्को चरणमा व्यवस्थित रुपमा अगाडि बढिरहेका छौँ’, फक्सवागनको पावर डेका प्रमुख कार्यकारी हर्बर्ट डाइसले भने, ‘सबैभन्दा उत्कृष्ट ब्याट्री बनाउने दौडमा दीर्घकालीन रुपमा स्थान पाउन हामी प्रयत्नरत छौँ ।’ प्लान्टका लागि कम्पनीले तेल कम्पनी बीपी र अन्य युरोपेली कम्पनीसँग साझेदारी गर्ने समेत बताएको छ । त्योसँगै कम्पनीले चार्जिङ पूर्वाधारमा पपनि लगानी गर्ने जनाएको छ ।