काठमाडौं ।
नेपाल राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा सामान आयात गर्नसक्ने व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक तथा राष्ट्रियस्तरको विकास बैंकहरूको लागू विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार उक्त व्यवस्थामा संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार एक पटकमा अधिकतम अमेरिकी डलर एक लाख वा सो बराबरको परिवर्त्य विदेशी मुुद्रासम्मको मालसामान आयात गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले खाद्य तथा पेय पदार्थ आयात गर्न खोलिने प्रतीतपत्र (एलसी)को हकमा नेपाल सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्नेछ । आयातसम्बन्धी कागजातमा उल्लिखित आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण त्यस्तो अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्नेछ ।