काठमाडौं ।
नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरूप सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना सुरू गरेको छ ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मदत पु-याउनेछ भन्ने बैंकले आशा गरेको छ ।
नबिल बैंकले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर सात दशमलव ५१ प्रकासित गरेको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दती खाताहरूमा लागू हुनेछ । यस ब्याजदरका साथ नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।