काठमाडौं ।
अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक भएको दाबी गरेको छ । उक्त प्रावधानअनुरूप अब एकै पटक वा पटक–पटक गरी वार्षिक अमेरिकी डलर पाँच सयसम्म वा सोबराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्न सकिने जनाइएको छ ।
अब एनएमबी बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरूः अनलाइन प्रवाह हुने सेवाहरू (भारतमा बाहेक) जस्तैः नेटफ्लिक्स, सपिङ, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैँले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।