काठमाडौं ।
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो
बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुनेगरी व्यापक सदुपयोग गरी काममा सहजताल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो । बैंकमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।
बैंकको वर्किङ कल्चर, सेवासुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले सात महिनाबराबरको तलब बोनस दिएको थियो । नबिल बैंकले स्टार बैंकरहरू समेत जन्माइसकेको छ । बैंकका एक हजार एक सय २८ भन्दा बढी कर्मचारीहरू स्थायीरूपमा कार्यरत रहेका छन् ।
नबिललाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरेको थियो । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल एक सय १९ शाखा, एक सय ८५ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिलले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङाको रूपमा काम गर्दै आएको छ ।