बेइजिङ ।
बंगलादेश बैंकले नयाँ साइबर सुरक्षासम्बन्धी मापदण्ड ल्याउने भएको छ । बैंकिङ क्षेत्रको लागि केन्द्रीय बैंकले नयाँ मापदण्ड ल्याउनलागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केन्द्रीय बैंकका आईटी हेर्ने प्रमुख देवदुलल रोयले यसबारे जानकारी दिएका छन् ।
हपलनले आयोजना गरेको वेबिनारमा बोल्दै उनले आईबी ग्रुपसँगको सहकार्यमा नयाँ मापदण्ड ल्याउनलागेको बताए । केन्द्रीय बैंकले अहिले आवश्यकताअनुसार समय–समयमा मापदण्ड लागू गर्दै आएको छ । उसले आईएसओ प्रमाणीकरण र सेक्युरिटी अपरेसन सेन्टर हुनुपर्ने बताएको छ ।
सबैखाले बैंकिङ च्यानलमा साइबर आक्रमण हुनसक्ने भएकाले नयाँ मापदण्ड ल्याउन लागिएको बताइएको छ । मुख्य बैंक, क्रेडिट कार्ड, एटीएम र मोबाइल बैंकिङमा यस्तो आक्रमण हुनसक्ने भएकोले नयाँ मापदण्ड आवश्यक परेको ग्रुप आईबीका ग्लोबल बिजनेस हेर्ने उपाध्यक्ष निक पाल्मरले बताए ।