काठमाडौ ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक पाँच दसमलव ४५ अंकले ओरालो लागेर २५ सय ४३ दसमलव ५२ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३९ अंकले ओरालो लागेर चार सय ४९ दसमलव ९२ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ६४ हजार पाँच सय १५ पटकको कारोवारमा ९१ लाख ३८ हजार नौ सय ३५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम भने चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमितटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये तीन वटा समुहको सुचक उकालो लागेकाछन भने १० वटा समुहको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु ओरालो लागेकाछन भने जलबिद्युत, फाईनान्स र लघुबित्त उपसमुहको सुचक उकालो लागेकाछन ।