काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याललगायतको उपस्थिति रहेको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्थता बन्द गर्नुपरेको बताए ।