काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाले ‘ग्लोबल मनी विक २०२१’ कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको संस्थाले ग्लोबल मनी विक २०२१ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।
वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदि बोकी -यालीको समेत आयोजना गरेको थियो । संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवं स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनी विक २०२१ ले तय गरेका विषयवस्तु तथा नाराहरूमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रममा बचत गर्ने बानीको विकास गर्न, वित्तीय आवश्यक्ता र व्यवस्थापनसम्बन्धी तालिम समेत प्रदान गरिएको संस्थाले जनाएको छ ।