काठमाडौं ।
सिभिल बैंकले विविध कार्यक्रमका साथ ‘ग्लोबल मनी विक’ सम्पन्न गरेको छ । ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ग्लोबल मनी विकमा विविध वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी मनाएको हो । बैंकले ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोलक्रमअनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना मनाएको हो ।
प्रदेश नं १ को बिराटनगर स्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरूमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी, वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
यसको अलावा बैंकले विद्युतिय कारोबारका सात प्रमुख विद्युतीय माध्यमहरू (मोवाइल एप, क्यूआर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीयस, पीओयस र डिजिटल वालेट)का बारेमा श्रव्यदृश्य सामग्री तयार गरी आफ्नो सामाजिक सञ्जालमार्फत प्रशारण पनि गरेको बैंकले जानकारी दिएको छ ।
सिभिल बैंक र आइसनबीच सम्झौता : सिभिल बैंक लिमिटेड र आइसनबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङका प्रमुख भोलाबहादुर विष्ट तथा आइसनकातर्फबाट कन्ट्री विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेकी हुुन् ।

सम्झौताअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग सात राष्ट्रहरू (भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत)मा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक सात प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप पाँच प्रतिशत समेत गरी कुल १२ प्रतिशत छुट पाउनेछन् ।