काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचबीएल ‘डलर प्रिपेड कार्ड’ सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरूले प्रतिवर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा पाउन सक्नेछन् । साथै खातावालाहरूले भारतबाहेक अन्य देशहरूको इ–कमर्स साइटहरूबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सयबराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरूले यस सेवाका लागि आफूनजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नसक्ने बैंकले बताएको छ ।