काठमाडौं ।
नेपालको अग्रणी बैंक, नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिबीच कृषि प्राविधिकहरूलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरू प्रदान गरेर कृषि प्राविधिकहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । निरजकुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र सुश्री सुनिता नेहेम्हाफुकी, अध्यक्ष आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालि, काठमान्डौँले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एसएमई तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु-याउने विश्वास गर्दछ जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको प्रमुख योगदानकर्ता हो ।
हामी कृषि प्राविधिकहरूका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जालगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरू प्रदान गरी कृषि प्राविधिकहरूलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु-याउन उत्साहित छौँ । यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापकरूपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृत्ति नै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।
आर एण्ड डीका अध्यक्ष सुनिता नेहेम्हाफुकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसा युवा उद्यम सञ्चालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरू समक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ ।
यसका लागि आर एण्ड डी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरूको छनोट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरूको व्यावसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैैंकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशीलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरूलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रमअन्तर्गत जेटीए, जेटी, आईएस्सी एजी र बी एस्सी एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रमअन्तर्गत आगामी एक वर्षभित्रमा कम्तीमा एक सय जना कृषि प्राविधिकहरूलाई उनीहरूकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ ।
नबिल बैंकको बारेमा : बैंकले आफ्नो देशभर एक सय १९ वटा शाखा कार्यलयहरू, एक सय ८५ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ. । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।