काठमाडौ ।
नेप्से उकालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक १५ दसमलव ७२ अंकले उकालो लागेर २६ सय ७४ दसमलव ४६ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३४ अंकले उकालो लागेर चार सय ७६ दसमलव १८ अंकमा चढेको छ । आज कुुल १३ वटा उपसमुह अन्तर्गत कुुल दुुई सय १३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ८१ हजार सात सय ५३ पटकको कारोवारमा एक करोड ६१ लाख आठ हजार चार सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुुंदा कुुल कारोवार रकम सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेकाछन भने बाँकी उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र अन्य समुहको सुचक ओरालो लागेकाछन भने बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लघुबित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु भने उकालो लागेका छन् ।