काठमाडौं ।
आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेडबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
बैंकले सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनकराज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन् । उक्त सम्झौतापत्रअनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओपीडी, बेड चार्जेज, एक्स–रे, एन्डोस्कोपीलगायत विभिन्न स्वास्थ्योपचार सेवाशुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९३ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ । आगामी दिनहरूमा पनि अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।