काठमाडौं ।
रिलायन्स फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही वैशाख २२ गते आफ्नो ११औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । काठमाडौंको लैनचोर बैंकेटमा हुने उक्त साधारणसभामार्फत फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँमध्येबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका अतिरिक्त सोही सभामार्फत फाइनान्सले बोनस सेयरको कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत अर्थात् ४३ लाख ८१ हजार एक सय ३७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सनको यही वैशाख १० गतेदेखि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।