काठमाडौं । स्वालम्वन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा उदयराज खतिवडा नियुक्त भएका छन् । संस्थाका अनुसाका यही चैत १९ गते बसेको सञ्चालक समितिको तीन सय ५६औं बैठकको निर्णयअनुसार खतिवडा प्रमुखु कार्र्यकारी अधिकृतको पदमा नियुक्त भएका हुन् । नवनियुक्त प्रमुख कार्यकारीको कार्यकाल यही चैत २६ गते कार्यान्वयनमा आउने संस्थाले जानकारी दिएको छ ।