काठमाडौँ ।
कुमारी बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको सुअवसरमा आफ्ना देशव्यापी शाखाहरूबाट सामाजिक कार्यक्रमहरू आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका रूपमा मनाएको छ । बैंकले आफ्नो प्रदेश– २ रहेका १५ वटै शाखाहरूबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरू सम्पन्न गरेको छ । यसै सन्दर्भमा यही चैत २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ तथा राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे छ।
बैंकले वातावरणप्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसात् गर्दै सो कार्यक्रमहरू गरेकोे हो । यस २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश– २ मा रहेका १५ वटै शाखाहरूबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैकले हाल आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९२ वटा शाखा सञ्जाल, एक सय ६२ वटा एटीएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको छ । आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।