काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति माग गर्दे आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख सात हजार पाँच सय कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवरेद्धकको रूपमा भने एनएमबी क्यापिटल रहेको छ ।