काठमाडौँ ।
सेयर बजार परिसुचक हालसम्म कै उच्च अर्थात २७ सय अंक नजिक पुुगेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक १७ दसमलव दुई अंकले उकालो लागेर २६ सय ९१ दसमलव ५५ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७८ अंकले उकालो लागेर चार सय ८० दसमलव २९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्र्तगतका दुई सय १६ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ८० हजार नौ सय ६९ पटकको कारोवारमा एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता सेयर खरिद बिक्री भएकाछन । जसबाट यसदिन कुल कारोवार रकम सात अर्ब ६१ करोड आठ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहको कारोवार भएकाछन । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक उकालो लागेकाछन भने होटल तथा पर्यटन, जलबिद्युुत, ट्रेडिङ, फाईनान्स, अन्य र लगानी उपसमुहको सुचकहरु ओरालो लागेका छन् ।