काठमाडौं ।
पे रेमिट प्रालिले मलेसियास्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिटमार्फत पैसा पठाउँदा निःशुल्क जीवन बीमा योजना लागू गरेको छ । यस आई पे रेमिट प्रालिले हाल विश्वभर फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै ‘ट्रान्सफर मनी एण्ड गेट प्रोटेक्ट एडिङ भ्यालु टु योर फेमिली लाइफ’ भन्ने मूल उद्देश्यका साथ गत शुक्रबारबाट लागू हुने गरी उक्त योजना लागू गरेको हो । यस योजनामा सम्पूर्ण मलेसियामा रहेका नेपालीहरुलाई समेटिने कम्पनीले जनाएको छ ।
आई पे रेमिटमार्फत पैसा पठाउँदा निःशुल्क एक महिना जीवन बीमा, जुनसुकै मृत्युमा मलेसियन रिङ्गेट चार हजार र डेंगु लागी मृत्यु भएमा मलेसियन रिङ्गेट आठ हजारसम्मको भुक्तानी नेपालमा रहेको आफन्तले प्राप्त गर्न सकिन्छ । अप्रिल ९ बाट सुरु भएको यो योजना छ महिनासम्म लागू रहने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन मलेसियास्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, एजेन्ट एमएम कार्ड तथा इ–रेमिटबाट आई पे रेमिटमार्फत नेपाल पैसा पठाउनुपर्नेछ । ग्राहकहरुले पैसा पठाइसकेपछि प्राप्त भएको रसिद आफूसँग सुरक्षित राख्नुपर्नेछ । (आर्थिक दैनिकबाट)