काठमाडौं ।
वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । यस योजनामा ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार १२ महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले १२ महिना नेट टीभीको सेवा निःशुल्क पाउने भएका छन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ । यसमा वाइफाइको साथमा डुअल ब्यान्ड राउटर सित्तैमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नयाँ वर्षमा नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरुमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनसक्ने बताए । उनले वर्ल्डलिंकले हाल नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको भन्दै ग्राहकहरूका लागि अझ उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउने प्रतिबद्धता जनाएको छ । (आर्थिक दैनिकबाट)