काठमाडौं ।
मिर्मिरे लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९८ लाख चार हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ५३ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ९० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८० प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने आठ दशमलव ९० प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने ९१ करोड ३२ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५२ करोड २० लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने एक करोड ९० लाख ८२ हजार रुपैयाँ रहेको थियो । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४८ प्रतिशत रहेको संस्थामा सात दशमलव ३२ प्रतिशतको स्प्रेड दर रहेको थियो ।