काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ८३ लाख ५१ हजार छ सय ५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ लाख २८ हजार दुुई सय १० रुपैयाँले ऋणात्मक रहेको थियो ।
चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब २६ करोड ६६ लाख १४ हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९७ करोड ३२ लाख दुई हजार ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ४३ लाख ३६ हजार १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका एक दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा आठ दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक करोड ३० लाख ८० हजार दुई सय ९९ रुपैयाँले ऋणात्मक रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने तीन अर्ब ६१ करोड ७६ लाख २५ हजार छ सय ९१ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४५ करोड २१ लाख २६ हजार नौ सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ५२ लाख ४० हजार सात सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव २८ प्रतिशत रहेको थियो ।