काठमाडौ ।
सेयर बजार परिसुचक २७ सय अंकबाट तल झरेको छ । यसअघि लगातार बढेर २७ अंकबाट पनि उकालो लागेको बजार परिसुचक यो साता भने सुरुवाती कारोवार दिन नै ३५ दसमलव ८९ अंकले ओरालो लागेर २६ सय ९९ दसमलव ८९ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २९ अंकले ओरालो लागेर चार सय ८६ दसमलव १६ अंकमा झरेको छ । आज आइतवार १३ वटा उपसमुह अन्तर्गत दुुई सय सात वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ९३ हजार पाँच सय ६८ पटकको कारोवारमा एक करोड ९५ लाख २८ हजार छ सय ५६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आइतवार कुुल कारोवार रकम आठ अर्ब ८० करोड १८७ लाख तीन हजार दुुई सय १५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आइतवार कारोवार भएका कुल उपसमुह मध्ये सामुुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दसमलव शुन्य छ अंकले उकालो लागेको भएपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा उपसमुृहको सुचक उच्च अंकले ओरालो लागेका छन् ।