अमेरिका ।
मेरिकी लगानी बैंक मोर्गान स्ट्यान्लेले हेज फन्ड आर्किगोमा लगानी गरेको झण्डै एक अर्ब डलर डुबेको छ । बीबीसीका अनुसार बैंकले पहिलो त्रैमासिक नतिजामा ९१ करोड १० लाख अमेरिकी डलर आर्किगोमा डुबेको जनाएको हो । यसका बाबजुद बैंकको उक्त अवधिको नाफा भने एक सय ५० प्रतिशतले बढेको छ । बैंकको कुल नाफा तीन अर्ब ९८ करोड अमेरिकी डलर छ । गत वर्ष एक अर्ब ५९ करोड डलर रहेको थियो ।
कुल राजस्व समेत बढेर १५ अर्ब ६७ करोड डलर पुगेको छ । बिजनेस मर्जर, प्राप्ति र कम्पनीहरु सेयरबजारमा सूचीकृत हुँदा त्यसबाट प्राप्त शुल्क धेरै हुँदा बैंकको राजस्व वृद्धि भएको हो । हेज फन्डले सेयर किनबेचबाट पैसा कमाउँछन् । आर्किगोजले भने निश्चित कम्पनीमा ठूलो लगानी गरेको थियो जुन गलत साबित भएको बताइएको छ ।