काठमाडौं, पुस २८ सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थीहरूलाई कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायकस्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि न्यानो कपडा वितरण गरेको हो । उक्त न्यानो कपडा बंैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।