काठमाडौं ।
मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १९ करोड ३२ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ७७ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव १६ प्रतिसत रहेको छ ।
यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने २८ करोड २१ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने फाईनान्सले पाँच अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८८ करोड २९ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५२ प्रतिशत रहेको थियो ।