काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जेठ ६ गते बिहीबारका दिन हुने अन्य समूहतर्फ वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आयोगबाट आइतबार निर्वाचन कार्यक्रम स्वीकृत भएको हो ।
स्वीकृत कार्यक्रमबमोजिम वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी/विरोधको उजुरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तथा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।
यस्तै वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।