काठमाडौं ।
एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बसभाडा तिर्न सकिने भएको छ । बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बसभाडा तिर्नको लागि कन्ट्याक्टलेस कार्ड जारी गरेको हो । घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबी बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको छ ।
उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बसभाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।
यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको सहरहरूमा प्रयोग भइरहेको पाइन्छ । हालको प्रतिकूल परिस्थितिमा ग्राहकवर्गलाई बसभाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो ।
हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस व्यवसायीहरूसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकवर्गलाई प्रदान गर्न लागिएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो ।