काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मास्क र स्यानिटाइजर सहयोग गरेको छ । कम्पनीका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौँलाई पाँच हजार थान मास्क तथा २५ लिटर स्यानिटाइजर सहयोग गरेको हो । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।