काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ९२ अंकले उकालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार १३ दसमलव ७९ अंंकले ओरालो लागेर २५ सय ८५ दसमलव २८ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव १६ अंकले ओरालो लागेर चार सय ६५ दसमलव ११ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ४६ हजार नौ सय ५९ पटकको कारोवारामा ८९ लाख ६५ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री भएकाछन । जसबाट आज कुल कारोवार रकम तीन अर्ब ९९ करोड चार लाख ३१ हजार दुई सय ३६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये तीन वटा उपसमुहको सुचक उकालो लागेकाछन भने बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् । सो मध्ये ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु बढेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, नर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, सामुुहिक लगानी कोष र लगानी समुहको सचुकहरु घटेका छन् ।