सोल ।
सामसङ इलेक्ट्रोनिक्सले सन् २०२१ को पहिलो त्रैमासिकमा बलियो मुनाफा आर्जन गरेको जनाएको छ । फ्ल्यागशिप ग्यालेक्सी एस२१ लाइनका फोनको बिक्री उच्च भएसँगै कम्पनीले सन् २०१८ यताकै बलियो मुनाफा आर्जन गरेको हो ।
कोरियाली कम्पनीको कुल नाफा ४६.३ प्रतिशतले बढेर छ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।
कोरोना महामारीमा घरमै बस्नुपर्ने परिस्थितिका कारण टेलिभिजन र होम अप्लाएन्सेसको बिक्रीमा तीव्रता आएको छ । यद्यपि चिप व्यवसायका लागि भने यो नतिजा चिन्तादायक रहेको बताइएको छ ।सेमिकन्डक्टर र डिस्प्लेको कम बिक्रीलाई फोन र उपभोग्य इलेक्ट्रोनिक्सको उच्च बिक्रीले ओझेलमा पारेको छ । यसैबीच, सामसङको प्रतिस्पर्धी कम्पनी एप्पलले पनि मंगलबार उत्साहजनक व्यावसायिक नतिजा सार्वजनिक गरेको छ । महामारी सुरु भएयताकै कम्पनीले नाफा दोब्बर पारेको बताइएको छ । चीनमा आईफोनको बिक्री बढ्दा नाफा पनि बढेको हो । दुवै कम्पनीले महामारीका बेला राम्रै आम्दानी गरेका छन् ।