काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरू सञ्चालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको निफ्राले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरूले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । योसँगै दुुई लाखभन्दा माथिका भुक्तानीहरू तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फण्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।