काठमाडौं ।
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गते अर्थात् शुुक्रबारबाट साधारणा सेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण सेयरकोे बिक्री खुला गरेको हो ।
सोमध्ये कम्पनीले दुुई प्रतिशत अर्थात् ५० हजार तीन सय ६५ कित्ता सेयर कर्मचारीको लागि र पाँच प्रतिशतले हुने एक लाख २५ हजार नौ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार नौ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा चार दशमलव ४० मेगावटको राधी विद्युत् कम्पनी र शून्य दशमलव १८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुुईवटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकसन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरू निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालू आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ पाँँच पैसा र प्रतिसेयर खुद सम्पत्ति एक सय ३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५/०७६ मा १० दशमलव ५४ प्रतिशत र २०७६/०७७ मा सात दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता एक सय अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण सेयर निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण सेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहनेछ ।