काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड १७ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड छ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ करोड १६ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड ८७ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ९९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ९४ लाख ५५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४० करोड ९६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ७५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा छ करोड ३३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७० लाख ८० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव पाँच प्रतिशत रहेको थियो ।