काठमाडौं ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ९४ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ५१ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १८ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब पाँच करोड ५१ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ७३ करोड १८ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५५ करोड ८८ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ७० लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।