काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४) लाई थप शाखा खोल्नको लागि अनुमति दिएको छ । सेम्युरिटिजका अनुसार बोर्डले भिजनलाई तनहुँ जिल्लाको दमौली र म्याग्दी जिल्लाको बेनीमा थप दुईवटा शाख सञ्चालनको लागि अनुमति दिएको हो ।
उक्त शाखा विस्तारपछि भिजनको कुल शाखा संख्य केन्द्रीय कार्यालयबाहेक पाँचवटा पुग्नेछ । यो शाखा संख्याको आधारमा भिजन हाल सञ्चालनमा रहेका ५० वटा स्टक ब्रोकर कम्पनीहरूमध्येमा सबैभन्दा बढी शाखा सञ्जाल भएको सेक्युरिटिज कम्पनी बनेको दाबी पनि कम्पनीले गरेको छ ।
यसअघि कम्पनीले धितोपत्र बोर्डको तेस्रो चरणको शाखा विस्तारको क्रममा यही वैशाख पाँच गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको प्रमुख आतिथ्यमा नवलपुरको कावासोतीमा शाखा सञ्चालनमा ल्याएको थियो ।
अहिले धितोपत्रको बजार बढी रहेको र आम लगानीकर्ताहरूलाई हित र पुँजी बजारको विस्तारको लागि पनि हामीले ब्रोकर कम्पनीहरूको शाखा नपुगेको ठाउँमा शाखा खोल्ने प्रयास गरेका हौँ, भिजनका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले भने । हालको अवस्थामा कारोबारको हिसाबले भन्दा पनि पुँजी बजारको विस्तारको लागि शाखा खोल्न लागेका हौँ, अध्यक्ष तिमिल्सिनाले भने ।