काठमाडौं ।
जनउत्थान सामुुदायिक लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन उक्त संस्थाले ४९ दशमलव ४० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन हजार छ सय ११ रुपैयाँ कायम गरेको हो ।
पछिल्लो पटक पाँच हजार तीन सय ९५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने छ अर्ब ३८ करोड ३६ लाख २२ हजार नौ सय ६० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा संस्थाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ८३ लाख २४ हजार आठ सय रुपैयाँ बराबरको ११ लाख ८३ हजार दुई सय ४८ कित्ता सेयर सूचीकृत रहेको छ ।