काठमाडौं ।
एनएमबी बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्ध प्रदान गरिने बीमादाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । बैंकका अनुसार सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख तीन हजार आठ सय ४१ रुपैयाँ बीमादाबी भुक्तानी गरिएको हो ।
उक्त भुक्तानीे इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्समार्फत गरिएको बैंकले जानकारी दिएको छ । आफ्नो स्थापना कालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यका अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।
बैंकको तलब खाता योजनामा शून्य मौज्दातमै नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, कार्ड १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पु¥याउँदै आइरहेको छ ।